१४ बैशाख २०८१, शुक्रबार
Header

सडक विस्तारपछि खच्चडका मालिक अब गाडी मालिक भए


प्रकाशित: शनिबार, २३ भाद्र २०७५, ०९ः१७ बजे
- महानगरखबर

काठमाडौं । जाजरकोटमा सडक विस्तार भएपछि खच्चडका मालिकहरु अब गाडी मालिक भएका छन् ।  अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन् । 


जाजरकोटको नलगाड नगरपालिका वडा १० का अशोक ध्यार पहिलो खच्चडका मालिक थिए तर उनले एक वर्ष खच्चड बिक्री गरेर जिप खरिद गरेका छन् । 


त्यसैगी ध्यरका छिमेकी कालीबहादुर रोकाले पनि खच्चड बेचेर एउटा ट्याक्टर र एउटा जिप किनेका छन् ।  नगरपालिका– ७ दल्लीबाट वडा नं १३ तल्लुसम्म टयाक्टरबाटै सामान ढुवानी गरेर राम्रो आम्दानी गरिरहेका छन् । 


जाजरकोट–डोल्पा सडक डोल्पासम्मै पुगेपछि ध्यार र रोका मात्रै होइन उक्त नगरपालिकाका अधिकांश खच्चड व्यवसायीहरुले गाडी खरिद गरेर ढुवानी व्यवसाय शुरु गर्न थालेका छन् । 


जिल्लामा परम्परागत ढुवानीका साधन खच्चडको प्रयोग शून्य बन्दै गएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD