५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

सडक विभगको गेटमा महानगरले खसाल्यो एक ट्रक धुलो !


प्रकाशित: शनिवार, १२ जेठ २०८१, २०ः१० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा एक ट्रक धुलो खसालेको छ । 


सडक विभागले चक्रपथको कलंकी–महाराजगञ्ज सडक खण्ड निर्माण कार्य अघि नबढ्दा काठमाडौंमा धुलो प्रदुषण बढेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर थुपारेको हो ।


महानगर प्रमुख बालेन्द्र साहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई सम्बोधन गर्दै फेसबुकमा लेखेका छन, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु ।’


प्रमुख बालेनले कलंकीदेखि महाराजगन्जसम्म चक्रपथ विस्तारका कारण त्यस क्षेत्रका बासिन्दाले १५ वर्षदेखि धुलो र कष्ट ब्यहोर्नुपरेको बताएका छन ।


‘काठमाडौंमा हुने आधा भन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानुपरेको छ’, उनले लेखेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex