१५ चैत्र २०८०, बिहिबार
Header

सडक बत्ती मर्मत गर्ने क्रममा भक्तपुरमा एकजनाको मृत्यु 


प्रकाशित: मंगलवार, २१ पुष २०७७, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । भक्तपुरमा सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ ।


भक्तपूर नगरपालिकाको तर्फबाट सडकबत्ती निर्माण कार्यमा खटिएका २३ वर्षीय राजकुमार बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको हो । 


भक्तपुर नगरपालिका–२ ब्यासी बस्ने दोलखाको मेलुङ गाउँपालिका–५ घर भएका बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको हो । भक्तपुर नगरपालिका–२ ब्यासी इतापामा बिजुलीको पोलमा चढेर बत्ती मर्मत गर्ने क्रममा मंगलबार दिउँसो करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।


उनको उपचारको क्रममा भक्तपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 


त्यसैगरी करेन्ट लागेर सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल काठमाडौं बल्खु बस्ने २७ वर्षीय विक्रम मोक्तान घाईते भएका छन । सोही अस्पतालमा उपचार भइरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD