काठमाडौं । काठमाडौं महानगरपालिका वडा ११ स्थित सडकमा निर्माण सामग्री राख्नेलाई जरिवना गरिएको छ ।
मंगलवार काठमाडौं महानगरले विकी साहलाई सडकमा निर्माण सामग्री गिटी राखेको भन्दै ५ हजार रुपियाँ जरिवाना गरेको महानगरपालिकाले जनाएो छ ।
महानगरले फुटपाथ अबरोध भएर पैदलयात्रीका लागि असुविधा भएका गुनासाहरु काठमाण्डौँ महानगरमा निरन्तर आइरहेको बताएको छ ।
कानुनको पालना गर्दै अरुलाई असुविधा पर्ने कार्य नगर्नु सबैको कर्तव्य भएको महानगरले जनाएको छ ।
Categorized in स्थानिय