काठमाडौं । काठमाडौं महानगरपालिकाले शहरका सडकमा जंक फुडहरु विस्कुट, चाउचाउ, चक्लेट, गुट्का, चुरोटको खोल फाल्नेहरुलाई कार्वाही गर्ने भएको छ ।
सडकमा जथाभावी फोहरहरु, जुंक फुडका खोललगायतका फोहर फाल्नेहरु माथि निगरानी बढाएर कार्वाही अभियान थाल्ने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाको अनुगमन टोलीले सडकमा कसैले यस किसिमका फोहरहरु फालेको भेटेमा फोहोरमैला व्यवस्थापन ऐन बमोजिमको कसुुर गर्नेलाई ५ हजार देखि ५० हजाररुपैयाँसम्म जरिवाना गर्ने छ ।
महानगरपालिकको वातावरण व्यवसथापन विभागले सडकमा फोहर फाल्ने प्रबृतिलाई निरुत्साहित गर्ने उदेश्यले अभियान थालेको हो ।
महानगरपालिको सडक, पेटीको फोहर व्यवस्थापनको लागि विभिन्न स्थानमा स्मार्ट डस्टविन राखेको छ ।
Categorized in समाज