११ भाद्र २०८३, बिहिबार
Header

सञ्चारमन्त्री बाँस्कोटाले कमिशन मागेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा


प्रकाशित: विहिवार, ८ फागुन २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदकालागि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिशन मागेको अडियो टेप सार्वजनि भएपछि राजीनामा दिएका छन ।


बाँस्कोटाले आफ्नो बारेमा प्रश्न उठेकोले नैतिकताको आधारमा सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली समक्ष विहिवार मन्त्री पदबाट राजीनामा दिएको टवीट गरेका छन । 


सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएको छ । 


यता उक्त अडियो टेपममा मन्त्री बाँस्कोटाले बोलेको विवादस्पद अश्लली शव्दप्रति नेपाल निजामती कर्मचारी युनियन (संघ) विरोध जनाएको छ । 


संघले उक्त शब्दले राष्ट्रसेवकलाई दुःखी तुल्याएको भन्दै संघले खेद प्रकट गरेको संघका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


विज्ञप्तीमा अपशब्द प्रयोग गर्ने मन्त्रीलाई कानूनी कारबाहीको माग समेत गरेका छन ।


अडियो टेप सार्वजनिक भएपछि लगतै बालुवाटारमा मन्त्री गोकुल बास्कोटविरुद्ध साझा पार्टीले बालुवाटारमा प्रदर्शन गरेको छ ।


उनीहरुले प्रधानमन्त्रीको सरकारी निवासको बाहिरपट्टि भेला भएर सञ्चारमन्त्रीको विरोधमा प्लेकार्ड प्रदर्शन गरेका थिए  ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex