१६ बैशाख २०८१, आइतबार
Header

सजिलमान शाक्यकी श्रीमति रजिना र बुवाले पाटनमा गरिएको जनप्रदर्शनमा के – के भने (भिडियो)


प्रकाशित: मंगलवार, २३ माघ २०८०, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । ललितपुर पुल्चोकस्थित स्कायर होटलको स्विमिङ पुलमा करेन्ट लागेर अचेत अवस्थामा पुुगेका सजिलमान शाक्यलाई न्याय दिलाउन प्रदर्शन गरिएको छ ।

 
मंगलवार पाटन दरवास्कायरमा स्थानीय, अयिभान्ताहरुलगायत सयौंको संख्यामा भेला भई घाइेत शाक्यको न्यायको माग गर्दै जिल्ला प्रशासन कार्यालय हुँदै स्कवायर होटलमा गएर कोणसभा परिणत भएको थियो ।


उनीहरुले‘जस्टीस फर सजिल’,‘आफ्नो गल्ती स्वीकार गर’ लगायतका प्लेकार्ड बोकी प्रदर्शनमा उत्रेका थिए । यता होटलकी सञ्चालिका सञ्चालक रोमी अर्याले सोमपबार प्रहरीसमक्ष उपस्थित भएपछि पक्राउ परेकी छन । 


गत भदौ १५ गते जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

 
परिवारले होटलका दुई जना सञ्चालकविरूद्ध जाहेरी दिएका थिए । यसअघि ललिता भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको थियो। भण्डारी माघ ६ गते पक्राउ परेका थिए। 


प्रहरीले ज्यान मार्ने उद्योग कसुरमा घटनाको अनुसन्धान गरिरहेको छ । मंगलबार रोमीलाई पनि ललितपुर जिल्ला अदालतमा पेश गर्ने तयारी गरिरहेको छ ।


हाल सलिजमान शाक्यको जावलाखेलस्थित घरमै उपचार भइरहेको छ । यस घटनापछि न्याय माग गर्दै परिवारजन, आफन्त तथा स्थानीयहरुले पटकपटक प्रदर्शन गर्दै आएका छन । 

 

भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD