२६ बैशाख २०८१, बुधबार
Header

सङ्गीतकार सङ्घद्वारा जेठ १८ गते खोकनामा निःशुल्क स्वास्थ्य शिविर


प्रकाशित: सोमबार, १३ जेठ २०७६, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । सङ्गीतकार सङ्घ नेपालले आगामी जेठ १८ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । शुक्रबार पुतलीसडकस्थित सङ्घकै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी गराईएको हो ।


‘सुन्दर सिर्जनाका लागि स्वस्थ कलाकार’ भन्ने नाराका साथ रुद्रायणी हाईस्कूल, खोकना, ललितपुरमा एकदिने निस्शुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको कुरा पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रेस विज्ञप्ति अनुसार रोटरी क्लव अफ माउण्ट एभरेष्ट, ललितपुरसँगको सहकार्यमा आयोजना हुने सो स्वास्थ्य शिविरमा विशेषज्ञ डक्टरद्वारा साधारण स्वास्थ्य जाँच लगायत दाँत, नाक – कान – घाँटी, आँखा, पाठेघर, मधुमेह, रक्तचाप लगायतको जाँच गरिने छ ।


आवश्यकता अनुसार बिरामीलाई निस्शुल्क औषधी समेत प्रदान गरिने छ । शिविर बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म संचालन हुने छ भने जाने – आउने सुविधाका लागि भृकुटीमण्डप ल क्याम्पस अगाडिबाट बसको व्यवस्था गरिने छ ।


कुनैपनि विधाका सर्जक – कलाकारले शिविरमा स्वास्थ्य जाँच गराउन सक्ने छन । 


पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष शान्तिराम राईले भने, ‘कतिपय सर्जक – कलाकारहरुको आर्थिक अवस्था अत्यन्तै कम्जोर रहेको छ । उनीहरु बिरामी पर्दा र मृत्यु हुँदा चन्दा सङ्कलन गर्नुपर्ने अवस्था समेत देखिएकोले विगत २ वर्षदेखि सङ्गीतकार सङ्घमा स्थापित कल्याणकारी कोष मार्फत त्यस्ता सर्जक – कलाकारहरुलाई आर्थिक सहयोग गरिँदै आएको छ ।


सर्जक – कलाकार बिरामी भएपछि उपचारका लागि सहयोग गर्नुभन्दा रोगी हुनबाट बचाउनु अझ महत्वपूर्ण हुने भएकोले स्वास्थ्य शिविरको आयोजना गरिएको हो । शिविरबाट लाभ लिनका लागि सम्पूर्ण कलाकर्मीहरुलाई सङ्गीतकार सङ्घले आग्रह गरेको छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD