१६ चैत्र २०८०, शुक्रबार
Header

सक्रिय संक्रमितको संख्या ८ हजार नाघ्यो, ८६८ नयाँ थपिए


प्रकाशित: बुधवार, २५ साउन २०७९, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।


मन्त्रालयका अनुसार एकैदिन (पछिल्लो २४ घण्टामा) थप ८६८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ८,८८५ पुुगेको हो । 


पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ४१४ जना संक्रमणमुक्त भएका छन । यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३७ हजार ६३० पुगेको छ । यस्तै १० वर्ष मुनिका ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । 


११ देखि २० वर्ष उमेर समूहका ३० जनामा कोरोना संक्रमित भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयले सर्वसाधारणलाई अनिवार्य रुपमा खोप लगाउन आग्रह गरिहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD