९ भाद्र २०८३, मंगलबार
Header

सक्रिय जीवनशैलीमा नेपाल दक्षिण एशियामै पहिलो


प्रकाशित: बुधबार, २० भाद्र २०७५, ०९ः११ बजे
- महानगरखबर

काठमाडौं । विश्वको जनसंख्या कति सक्रिय–निष्क्रिय बारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको एक अध्ययन अनुसार १ अर्ब ४० करोड मानिसको जीवन शैली निष्क्रिय रहेको बताएको छ । 


निष्क्रिय जीवनशैलीको कारण मधुमेह, मुटु र क्यान्सरजस्ता रोगहरु बढ्ने विशेषज्ञहरुले बताएका छन् । 


यस सन्दर्भमा नेपाल भने दक्षिण एशियामै सक्रिय रहेको डब्लूएचओको अध्ययन प्रतिवेदनमा देखिएको छ । डब्लुएचओले १६८ देशका एक अर्ब ९० करोड मानिसहरुले आफ्नो सक्रियताबारे दिएको सूचनालाई आधार मानेर अध्ययन प्रतिवेदन तयार पारिएको थियो ।


अध्ययनको निष्कर्षअनुसार उच्च आय हुने ब्रिटेन र अमेरिकासहितका मुलुकमा शारीरिक रूपमा निष्क्रिय जनसंख्या सन २०१६ मा ३७ प्रतिशत पुगेको छ । जबकी यो जनसंख्या सन २००१ मा ३२ प्रतिशतमात्र थियो । कम आय भएका देशमा भने यो संख्या १६ प्रतिशत नै यथावत छ ।


मानिसले हप्तामा १५० मिनेटभन्दा कम मध्यम खालको शारीरिक व्यायाम वा मेहनत गरेकालाई निष्क्रिय मानिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex