४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

सक्कली प्रमाणपत्रमा नक्कली नाम राखी विक्री गर्ने एक मनमैजुबाट पक्राउ


प्रकाशित: सोमबार, ७ माघ २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौँ । सक्कली प्रमाण पत्रमा नक्कली नाम राखी विक्री गर्ने एक जनालाई काठमाडौंको मनमैजुबाट प्रहरीले पक्राउ गरेको छ । 


तारकेश्वर नगरपालिका–११ मनमैजुबाट पक्राउ पर्ने उग्रचण्डी साइबर सञ्चालन गर्दै आएका काभ्रेपलाञ्चोकका विपुन श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । 


उक्त साइबरले नक्कली कागजपत्र बनाउँदै आएको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा श्रेष्ठले सक्कली सर्टिफिकेट, सवारी चालक अनुमतिपत्र, नागरिकतालगायतमा वास्तविक नाम हटाइ नक्कली नाम राखी बिक्री गर्ने गरेको पाइएको थियो । 


प्रहरीले उनका साथबाट नक्कली कागजपत्र बनाउन प्रयोग गरिएको ल्यापटप, फोटोकपी मेसिन र तयारी अवस्थामा राखिएका नक्कली कागजपत्रसमेत बरामद गरेको छ ।


श्रेष्ठलाई लिखत कीर्तेमा अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रनाउ बोगटीले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex