२४ बैशाख २०८१, सोमबार
Header

सकियो एमालेको संकल्प यात्रा 


प्रकाशित: आइतवार, १ पुस २०८०, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमालेको मध्यपाहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिको लागि संकल्प यात्रा’ समापन भएको छ ।


आइतवार सो यात्रा १८ औ दिन पुरा गरेर पाँचथरको चिवाभन्ज्याङमा एमाले अध्यक्ष केपी शर्मा ओलीले केहीबेर अघि राष्ट्रिय झण्डोत्तलन गरेपछि यात्रा औपचारिक रुपमा समापन भएको हो । 


मंसिर १४ मा बैतडीको झुलाघाटबाट सुरु भएको उक्त यात्रा लगभग  २ हजार किलोमिटर मध्यपहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथर  र भारत  सिक्किमको सीमास्थित चिवा भञ्ज्याङमा दिउँसो सवा १२ बजे भएको हो । 


ओलीले  यात्रामा सहभागीहरुलाई धन्यवाद दिदै राजनीतिक हिसाबले जनतामा निराशा फैलाइएको अवधिमा यात्राले जनतामा  उत्साह फैलिएको विश्वास व्यक्त गरे । 


आफ्ना ठाउँका विशेषता, परिचय, समस्यालगायतका विषय ध्यानाकर्षण, मागपत्र ज्ञापनपत्रद्वारा नागरिकबाट बुझ्ने मौका पाएको अध्यक्ष ओलीले बताए ।


‘देशको राजनीति अलमलमा छ,  देशको समय, जनताको आयु, पिँढीको समय खेर गएको छ,’ अध्यक्ष ओलीले भने,  ‘संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ ।’
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD