५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

संस्कृतिविद् वलदेब जुजुको निधन


प्रकाशित: २०७५ श्रावण १० बिहिबार
- करुण

संस्कृतिविद् बलदेव जुजुको बुधबार राती निधन भएको छ ।

 

लामो समयदेखि अल्जाइमर डिजिजबाट पिडित् उनको बुधबार राती उपचारको क्रममा बीर अस्पतालमा मृत्यु भएको हो । बेलुकी दिनहुँ जस्तै खाना खाएर सुतेका उनलाई राती निकै खोकी लागेर मुखबाट रगत पनि बग्न थालेपछि उनलाई अस्पताल लगिएको थियो । करीब १ः३० बजेतिर अस्पतालमा उपचारको क्रममा उनले आफ्नो देह त्याग गरेका थिए ।

 

उनको आजै बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

 

८४ वर्षीय जुजुको जन्म वि।सं। १९९२ जेठ महिनामा काठमाडौंको ईन्द्रचोकमा भएको थियो ।

 

उनको संस्कृति, संस्कार सम्बन्धि नेपाली र नेपालभाषाका विभिन्न पुस्तकहरु प्रकाशित छन् । स्वर्गीय जुजु वैदिक प्रतिष्ठानका संस्थापक अध्यक्ष हुन् भने विभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध थिए ।

 

दर्शनशास्त्रमा आचार्य गरेका जुजुले सरस्वती क्याम्पस, काठमाडौं क्याम्पसमा नेपाली विषयको अध्यापन पनि गराउनुभएको थियो ।

 

उनको परिवारमा श्रीमती, तीन पुत्रका साथै तीन पुत्री छन् ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex