७ बैशाख २०८१, शुक्रबार
Header

संस्कृतिविद् जोशीको स्वास्थ्यमा सुधार


प्रकाशित: आईतवार, ४ बैशाख २०७९, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको किष्ट अस्पतालले जनाएको छ । 


अस्पतालका अनुसार मुटुको चाल नियन्त्रणमा आएपछि उनलाई आईसीयू केयरबाट डिलक्स सुइटमा सारिएको छ ।


विहिवार छातीमा असजिलो भएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । 


अस्पताल निर्देशक प्रा.डा.सुरज बज्राचार्यका अनुसार हाल जोशीमा पिसाबसम्बन्धी संक्रमण देखिनुको साथै मुटुसमेत सुन्निएको, मुटुको चालसम्बन्धी श्वासप्रश्वास नलीको फाइब्रो ब्रोङ्कएक्टेसी समस्या देखिएको छ ।


अहिले जोशीको अवस्था सुधारन्मुख रहेको डा. बज्राचार्यले बताएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD