काठमाडौं । नेपाली कांग्रेसले आज संसद विघटनबिरुद्ध स्थानीयस्तरबाट देशव्यापी प्रदर्शन गर्ने भएको छ ।
कांग्रेसले देशभरका गाउँरनगरका वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको छ । असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत ६ हजार सात सय ४३ वडाहरूबाट विरोध प्रदर्शन गर्न लागेको हो ।
सभापति शेरबहादुर देउवाले बुधबार अपिल जारी गर्दै सरकारको उक्त कदमविरूद्ध वडाहरूबाट सक्रियताका साथ विरोध प्रदर्शन गर्न आग्रह गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि ओली सरकारको कदविरुद्ध विभिन्न राजनैतिक दल, संघ, संस्थाहरुले दैनिकजसो प्रदर्शन गरिरहेको छ ।
Categorized in राष्ट्रिय