२७ बैशाख २०८१, बिहिबार
Header

संसद भवनबाट नियन्त्रणमा लिएका लघुवित्त पीडितलाई ७ दिन हिरासतमा राख्न अनुमति


प्रकाशित: मंगलवार, १५ फागुन २०८०, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । सोमवार संसद भवन परिसरबाट नियन्त्रण्मा लिएका लघुवित्त ऋणी पिडितहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ। 


संसद भवन भित्र पसेर प्रदर्शन गरेपछि नियन्त्रणमा लिएका ४९ जनालाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । 


हिजो एक जना पुरूष र ४८ जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो । 


प्रहरीले उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरूद्धको कसुरमा म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी नवराज अधिकारीले बताए । 


त्यसरी संघीय संसद भवनभित्रै पसेपछि प्रशासनले संसद भवन बानेश्वर, सिंहदरबार र बालुवाटारका पेटीमा हिँड्न निषेध गरी निषेधित क्षेत्र लेखिएको छ । 


सुरक्षा निकायको कमजोरी देखिएपछि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन वटै सुरक्षा निकायका आइजिपीहरूसँग सोधपुछ गरेका थिए । 


सो घट्नापछि संघीय संसद भवनमा प्रहरी निरीक्षकको कमाण्डमा ३२ जनाको टोली खटिएको थियो । उक्त टोली पनि परिवर्तन भएको छ।  


प्रहरी प्रधान कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD