७ बैशाख २०८१, शुक्रबार
Header

संसद पुर्नस्थापना गर्न सर्वोच्चको फैसला


प्रकाशित: मंगलवार, ११ फागुन २०७७, १८ः३० बजे
- महानगरखवर

काठमाडौं । सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको फैसला सुनाएको छ । 


मंगलबार गरिएको फैसलामा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । 


गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन । 


ओली सरकारको असंबैधानिक कदमविरुद्ध नेकपा प्रचण्ड–माधव समूह, नेपाली कांग्रसले लगातार विरोध गर्दै आएको थियो ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD