काठमाडौं । सत्ता गठबन्धन सरकारले संसदमा जारी अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका दलहरुसँग संवाद गर्ने निर्णय गरेको छ ।
बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।
सुनप्रकरणमा उच्चस्तरीय छानविन समिति गठनको माग गर्दै एमालले साउन १० गते देखि संसद अवरोध गर्दै अएका छन ।
Categorized in राष्ट्रिय