१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

संसद्मा प्रधानमन्त्री बालेनको अनुपस्थितिमाथि कांग्रेसको व्यंग्य


प्रकाशित: विहिवार, ३१ बैशाख २०८३, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका सांसद सचेतक निश्कल राईले संसद्मा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर कडा टिप्पणी गरेका छन ।


प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले विगतमा रास्वपका प्रवक्ता तथा सांसद मनिष झाले दिएको अभिव्यक्तिको महत्वबारे दिएका अभिव्यक्ति स्मरण गराएका थिए । 


प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संसद्मा उपस्थित भएर सांसदका प्रश्नको जवाफ नदिने भएपछि कांग्रेस सचेतक राईले पुरानो धारणा उद्धृत गर्दै व्यंग्य गरेका हुन । 


उनले प्रतिनिधिसभाको अघिल्लो अधिवेशनमा रास्वपाका सांसद झाले दिएको अभिव्यक्ति सम्झाउँदै भने, “सदन चिया पसल वा चौतारी होइन, जहाँ मन लागे आउने र जाने ठाउँ होइन।” झाले त्यतिबेला सदनलाई ‘गुरुकुल’ र ‘विश्वविद्यालय’ जस्तो बनाउनु पर्ने धारणा राखेका थिए, जहाँ तयारी सहित प्रश्न र प्रस्ताव प्रस्तुत गर्नुपर्ने उल्लेख गरेका थिए ।


राईले सोही अभिव्यक्तिलाई जोड्दै अहिले प्रधानमन्त्री बालेन शाहले त्यही ‘गुरुकुल र विश्वविद्यालय’लाई नै “बंक गर्न थालेको” भन्दै कटाक्ष गरे ।


कांग्रेससहितका विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ स्वयं प्रधानमन्त्रीले दिनुपर्ने माग गर्दै आएका छन ।


तर, आजको बैठकमा भने नीति तथा कार्यक्रममाथिको छलफलका जवाफ अर्थमन्त्री स्वर्णिम बाग्लेले दिने कार्यसूची रहेको छ ।


प्रधानमन्त्रीको अनुपस्थितिका कारण संसद्मा राजनीतिक तिक्तता बढ्दै गएको छ भने विपक्षी दलहरूले यस विषयमा निरन्तर दबाब बढाइरहेका छन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex