काठमाडौं । प्रधानन्यायाधीसमा सिफारिस भएका न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीको संसदीय सुनवाइमा अवरोध उत्पन्न भएको छ ।
उजरीकर्ताहरुले संसदीय सुनवाई समिति अबैधानिक भएको भन्दै विरोध गरेपछि सुनवाईमा अवरोध हुन पुुगेको हो ।
उनीहरुले सुनवाईको कार्यविधि राजपत्रमा प्रकाशित नगरेकोले समिति अवैधानिक भएको बताएका छन ।
बुधबार संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीश सिफारिस भएका कार्कीविरूद्ध परेको उजुरीमाथि छलफल गर्ने भनिएको थियो ।
समितिमा कार्कीविरूद्ध २९ वटा उजुरी परेको छ । उजुरीकर्ताहरु उजुरीकर्ताहरू सबैले बोल्न पाउनुपर्ने भन्दै माग समेत गरेका छन ।
Categorized in राष्ट्रिय