काठमाडौं । संसदीय समितिको सभापतिहरुको भागबण्डा मिलेपछि प्रतिनिधि सभामुख देवराज घिमिरेले समितिको निर्वाचन मिति तोकेका छन ।
सभामुख घिमिरेले प्रतिनिधिसभाको बिहीबारको बैठकमा संसदीय समितिका सभापतिको निर्वाचन समय तोकेका छन ।
सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सभामुखले भदौ ११ गते सोमबार प्रतिनिधिसभाका १० संसदीय समितिको सभापतिका लागि निर्वाचन मिति तोक्न लागेका हुन ।
प्रतिनिधिसभाका १० र दुई वटा संयुक्त समितिका सभापति चयन भएका छैनन । प्रतिनिधिसभाका समितिको गठन वैशाख १५ मा भएको थियो ।
दलहरूबीचको सहमतिअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, एकीकृत समाजवादी, जसपा र जनमतले १÷१ वटा समितिको सभापति लिने भएका छन ।
संसद्को चौथो ठूलो दल रास्वपा र पाँचौं ठूलो दल राप्रपालाई भने संसदीय समिति सभापति दिइएको छैन ।
Categorized in राष्ट्रिय