७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

संसदीय समितिको ९ सभापति निर्विरोध चयन, एकको सोमवार निर्वाचन


प्रकाशित: आइतवार, १० भाद्र २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । संसदीय समितिको १० मध्ये ९ समितिको सभापति निर्विरोध निर्वाचित भएका छन ।


आइतवार उम्मेदवार दर्ता गरेका कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवा निर्विरोध निर्वाचित भएका हुन । 


सबैको एकल उम्मेदवारी परेका कारण तीनै जना निर्विरोध सभापति चयन भएका छन । 


त्यसैगरी, त्यस्तै नेकपा (एमाले) बाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साहको उम्मेदवारी परेको छ ।


जनता समाजवादी पार्टीबाट राजकिशोर साहले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उम्मेदवारी दिएका छन भने शिक्षा तथा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी उम्मेदवार बनेका छन ।


नेकपा (माओवादी केन्द्र) ले पाएको कानून, न्याय तथा मानवअधिकार समितिमा विमला सुवेदी उम्मेदवार बनेकी छिन । 


राष्ट्रिय प्रजातन्त्र पार्टीले भागबण्डामा पूर्वाधार विकास समिति पाएको छ ।  उक्त समितिमा राप्रपाबाट दीपक सिंह उम्मेदवार बनेका छन ।  


उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता समितिमा सत्ता साझेदार दलहरूको तर्फबाट अब्दुल खान उम्मेदवार बनेका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीले समेत उम्मेदवारी दिएकाले समितिको सभापति चयनका लागि भोलि (सोमबार) निर्वाचन हुने भएको छ । 


समितिमध्ये कांग्रेसले ३, एमालेले २, माओवादी, एकीकृत समाजवादी, राप्रपा, जसपा र जनमत पार्टीले १÷१ समिति सभापति पाएका छन ।  


संसदीय समितिका सभापतिले राज्यमन्त्रीसरह तलब सुविधा पाउँछन्। समिति सभापतिले मासिक ६९ हजार ३० रुपैयाँ तलब पाउँछन ।


२५ हजार ६ सय ५८ रुपैयाँ घरभाडा प्राप्त गर्छन ।  काठमाडौं उपत्यकामा घर भएका समिति सभापतिहरूले भने त्यसको आधा रकम घर मर्मतका लागि पाउँछन । त्यस्तै धारा बिजुलीका लागि २ हजार र सञ्चार सुविधाका लागि ३ हजार सुविधा पाउँछन ।  त्यस्तै अतिथि सत्कारका लागि १ हजार रुपैयाँ पाउँछन । 


समितिका सभापतिलाई सचिवालय सुविधादेखि गाडी, तेल सुविधा संसद सचिवालयले प्रदान गर्छ। समिति सभापतिले उपसचिव तहको कर्मचारी, कम्प्युटर अपरेटर राख्न पाउँछन।  
त्यस्तै दुई वटा ड्राइभर, दुई वटा कार्यालय सहयोगी राख्न पाउँछन्। गार्डघरको सुविधासमेत पाउँछन । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex