काठमाडौं । भोली (सोमवार) हुने संसदीय समितिको सभापतिहरुको उम्मेदवारहरुको नाम दलहरुले टुंगो लगाएको छ ।
आईतवार विहान ११ बजेदेखि उम्देवारी दर्ता मनोनयनको लागि नेपाली कांग्रेसले आफ्ना भागमा परेको चार सिटको लागि उम्मेदवार टुंगो लगाएको छ ।
कांग्रेसले आरजु राणा देउवालाई कृषि समिति सभापतिको उम्मेदवार बनाउने तयारी गरेको छ ।
त्यसैगरी, राज्य व्यवस्था समिति सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइ समितिमा सहमहामन्त्रीसमेत रहेका जीवन परियार, अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंगो लगाएको हो ।
एमालेले पाउने तीन जनामध्ये दुईजना उम्मेदवारको टुंगो लागिसकेको छ ।
सार्वजनिक लेखा समितिमा सांसद ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने भएको छ । महिला तथा सामाजिक मामिला समितिमा रौतहटका किरणकुमार साहलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
नेकपा माओवादी केन्द्रले माधव सापकोटालाई उम्मेदवार बनाउने भएको छ ।
यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेसले ४, माओवादी केन्द्रले २, एमालेले ३ र एकीकृत समाजवादी, जसपा र जनमत पार्टीलाई १÷१ समिति पाउने सहमति भएको थियो ।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिको उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिमा गणेश पराजुुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जनता समाजवादी पार्टीका राजकिशोर यादवलाई अन्र्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिको उम्मेदवार उठाउने भएको छ ।
सिके राउतको जनमत पार्टीले अब्दुुल खानलाई उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ ।
Categorized in राष्ट्रिय