६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

संसदीय दलको नेता बन्ने तयारीमा गगन !


प्रकाशित: शुक्रवार, ९ मंसिर २०७९, २०ः४० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको संसदीय दलको नेता बन्ने आन्तरिक तयारीमा जुटेका छन । 


थापाले संसदीय दलको नेताको लागि हुने चुनाव लड्न पार्टी भित्र छलफल बढाएको बताएका छन । शुक्रवार काठमाडौंमा आयाजित एक कार्यक्रममा थापाले पत्रकारहरुको प्रश्नमा सो कुरा बताएका हुन ।

 
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट भारी मतान्तरसहित थापा सांसद चुनिएका थिए ।


थापले आफूले प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै आएका छन । प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेता चुनिनु आवश्यक हुन्छ । थापाले संसदीय दलको नेता बन्नका लागि आन्तरिक तयारी गरिरहेका छन । 


संसदीय दलको नेता चुनिन सहयोगका लागि सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलदेखि शेखर कोइरालासँग छलफल गर्ने उनको तयारी छ ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex