काठमाडौं । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङ नियुक्त भएका छन् ।
सोमबार पार्टी अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति दिएका हुन् ।
यस अघि पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए ।
आईतवार अध्यक्ष ओलीले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्ति दिएका थिए ।
Categorized in राष्ट्रिय