काठमाडौं । बुधवार सुरु भएको संसद बैठकम सुन प्रकरण बहष चर्किएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक सुरु हुने वित्तिकै एमालेका बसेको ठाउँबाट सुन प्रकरण छानविन गर्न माग गरेका छन ।
सभामुख देवराज घिमिरेले एमालेका प्रमुख सचेतक पदम गिरीलाई बोल्ने सयम दिएपछि उनले सुन प्रकरणबारे छानबिन गर्न माग गरेका हुन ।
उनले दलका नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन प्रकरणमा छानबिन गर्न पनि माग गरेका छन ।
सो क्रममा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशरण महतको राजीनामा माग गरेका छन ।
उनले सुन प्रकरणमा अहिले सम्म भरियामा मात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ नगरको भन्दै उनीहरुको राजीनामा माग गरेको हो ।
गत मंगलवार त्रिभुवन विमानस्थलबाट १०० केजी सुन भन्सार जाँच गरी बाहिरएपछि एमाले सोको विरोध गर्दै अएको छ ।
Categorized in राष्ट्रिय