७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

संसदमा सहकारी प्रकरणले चर्को रुप लिँदै, बन्ला छानविन समिति ?(भिडियो)


प्रकाशित: विहिवार, २९ चैत्र २०८०, २०ः४० बजे
- अजयकुमार खड्गी

काठमाडौं । उप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा छानविन लागि समिति बनाउने मागले चर्को रुप लिएको छ । 


नेपाली कांग्रेसले लगातार संसदीय छानविन समिति गठनको माग गर्दै संसद अवरुद्ध गर्दै आएकोमा विहिवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि समितिको गठन माग गरेपछि यसले बहष झनै बढ्ने देखिएको छ । 


एकिकृत समाजवादीले पनि कांग्रेसले उठाएको छानविन समितिको मागलाई सरकारले गम्भिर रुपमा लिन माग गरेको छ । 


सत्तागठबन्धन दल नेकपा माओवादी, नेकपा एमाले र रास्वपा भने गृहमन्त्री लामिछानेमाथि उठेको मागलाई वेवास्ता गर्दै छानविन समिति गठन बनाउने पक्षमा छैन । 


यसैविषयलाई लिएर रास्वापा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछाने, उपसभापति स्वर्णीम वाग्ले, मनिषा झा लगायतले कांग्रेसको मागप्रति आपत्ति जनाउँदै कडा प्रतिवाद गरेका छन । 


यता कांग्रेसका महमन्त्रीद्धय गगन थापा, विश्वप्रकाश शर्मा लगायतले छानविन समिति पार्टीकाृे अब बटम लाइन भएको जनाउँदै कडा प्रतिकार गर्ने चेतावनी दिएका छन ।


मंगलवार संसद अवरोध भएपछि संसद वाहिर मिडियासँग गरेको कुराकानीमा रास्वपका नेता र कांग्रेसका नेताहरुले एक अर्काप्रति आरोप–प्रत्यारोप गरेका छन । 


बुधवार पनि कांग्रेसले संसद अवरुद्ध पारेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक २०८१ बैशाख २ गते साढे ११ बजेको लागि आव्हान गरेको छ । 


वर्तमान राजनीतिक घट्नाक्रमले संसदीय छानविन समिति बन्ने संकेत भने देखिएको छैन ।

 
भिडियोः 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex