काठमाडौं । संघीय संसदमा २० विधेयक अलपत्र परेको छ ।
संदमा अडएिको यी विधेयक छिटोभन्दा छिटो पारित गर्नु पर्ने देखिएपनि सरकारले संसद् बैठक बोलाउन आलटाल गरिरहेको छ ।
दुई अधिवेशनबीचमा ६ महिनाभन्दा बढी समयको अन्तर हुन नहुने संवैधानिक व्यवस्था भए पनि यसअघि तीन महिनाभित्रमै हिउँदे अधिवेशन बोलाउने अभ्यास थियो ।
यस पटक बर्खे अधिवेशन सकिएको साढे तीन महिना बितिसकेको छ । बजेट ल्याउनुपर्ने भएकाले बर्खे अधिवेशन भने हिउँदे अधिवेशन सकिएको एक÷डेढ महिनाभित्रै बस्ने गरेको छ ।
यस अघि संघीय संसदको चौथो अधिवेश गत भाद्र ३१ गते सोमबार मध्यरातीबाट अन्त्य भएको थियो ।
हेरौं विधेयकः
१) अख्तियार दुरुपयोग अनुसन्धान आयोग
२) मिडिया काउन्सिल विधेयक
३) बैंक तथा वित्ति संस्थासम्बन्धी विधेयक
४) भ्रष्टाचार निवारण, पहिलो संशोधन
५) द्यितोपत्र सम्बन्धी, पहिलो संशोधन
६) सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय
७) निर्माणमुखि सामग्री व्यवस्थापन तथा नियमन
८) सुरक्षित कारोवार, पहिलो संशोधन
९) विद्यालय शिक्षा विधेयक
१०) संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धी
११) आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व, पहिलो संशोधन
१२) नविकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी
१३) तिलगंगा नेत्र विश्वविद्यालय
१४) विद्युत व्यापार
१५) पानि जाहजा सञ्चालन तथा व्यवस्थापन
१६) भन्सार
१७) विद्युत
१८) नेपाल कानुन व्यवसायी परिषद, दोस्रो संशोधन
१९) जलस्रोत
२०) केही नेपाल ऐनलाई संशोधन
2 January 2025, Thursday
Categorized in राष्ट्रिय