६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

संसदमा एमसीसी टेबल, बानेश्वरमा प्रदर्शन


प्रकाशित: आईतवार, ८ फागुन २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले आईतवार संसदमा अमेरिकी सहयोग परियोजना मलिनियम च्लालेन्ज कर्पोरेशन (एमसीसी) टेवल गरेको छ । 


सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका छन । 

 


प्रमख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधबीच मन्त्री कार्कीले अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट उक्त सम्झौता टेबल गरेका हुन । मन्त्री कार्कीले यो परियोजना नेपालको बिजुली प्रसारण लाइन र विभिन्न सडक खण्डको स्तरोन्नतिका लागि अमेरिकाले दिने सहयोग भएको थियो ।  


सो विचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालले भने अवरोध गरेपनि एमसीसी संसदमा टेबल भएको हो । 


एमसीसीमा छलफलका लागि आगामी  बैठक फागुन १२ गते तोकिएको छ । 


सत्तारुढ गठबन्धन दलहरु नेकपा समाजवादी, माओवादी केन्द्रविच भएको छलफलपछि एमसीसी टेबल गर्न दिएको हो । 


२०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसिसी सम्झौता अनुमोदनका लागि संसदमा प्रस्ताव दर्ता गरेको थियो ।


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगखबर

 

 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex