१४ भाद्र २०८३, आइतबार
Header

संशोधित विधानको विषयमा कांग्रेसको शुक्रबार बैठक बस्दै


प्रकाशित: बुधवार, १७ असोज २०७५, २०७५, १९ः२० बजे
- महानगरखबर

काठमाडौँ । नेपाली कांग्रेस पार्टीको संशोधित विधानको विषयमा असोज १९ गते शुक्रबार बैठक बस्ने भएको छ ।

 
बैठकमा समसामयिक विषयमा छलफल समेत गर्नको लागि शुक्रबार दिँउसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेको हो । 


काङग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


काङ्ग्रेसले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex