१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

संविधान संशोधन नै प्रमुख मुद्दा हो - श्रेष्ठ


प्रकाशित: २०७६ ज्येष्ठ ९ विहिबार
- करुण

समाजवादी पार्टी नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले नयाँ शक्ति पार्टी नेपालसँगको एकिकरणपछि पनि आफ्नो पार्टीको प्रमुख मुद्दा संविधान संशोधन नै रहेको बताउनुभएको छ । 


राजधानिमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सह अध्यक्ष श्रेष्ठले संविधान संशोधन नभए आफुहरुले कुनै पनि बेला सरकार छोड्न सक्ने बताउनुभयो । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै श्रेष्ठले संविधान संशोधनकै लागि समाजवादी पार्टी सरकारमा सामेल भएको बताउँदै यसमा पहल नगरिए आफ्नो पार्टी सरकारबाट बाहिरीने श्रेष्ठले जिकीर गर्नुभयो ।


नयाँ शक्ति पार्टी नेपालसँगको एकतापछि पनि समाजवादी पार्टी बहुजातीय, बहुभाषिक, बहुराष्ट्रियता सुहाउँदो समुन्नत समाजवादको पक्षमा अडिग रहेको बताउनुभयो । 


नेकपाले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनैवटा अङ्गलाई आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाएको दावी पनि श्रेष्ठको रहेको थियो । 


‘नेकपा एकल जातीय, नश्लिय पार्टीको रुपमा बढिरहेको छ । यस्तो अवस्थाले जनतामा असन्तुष्टिको साथमा विद्रोह पैदा हुनसक्छ । देशमा समान हक र अधिकारको लागि समाजवादी पार्टीले समानताको पक्षमा आवाज उठाइरहने छ ।’ श्रेष्ठको भनाई रहेको छ ।


देशमा सुशासन कायम हुनका लागि राजनैतीक नेताहरु जनताको अंकुशमा बस्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सह अध्यक्ष श्रेष्ठले जनताको अंकुशमा नबस्ने नेता निरंकुश बन्ने जिकिर गर्नुभयो ।


कार्यक्रममा श्रेष्ठले अहिले नेकपाले देशको हरेक क्षेत्रमा अंकुश लगाउन खोज्दा सबैतिर असन्तुष्टि बढ्दै गएको दावी गर्नुभयो । मिडिया काउन्सिल विधयेक, स्वास्थ्य विधेयक लगायत विभिन्न विधेयकहरु ल्याउँदै नेकपाले हरेक क्षेत्रलाई नियन्त्रण गर्न खोजिरहेको बताउनुभयो ।


देशमा संघीयताको नाममा राज्यको संरचना अथवा शासकिय स्वरुपमात्र नभई शक्ति बाँडफाँड हुनुपर्ने श्रेष्ठको भनाई थियो । हरेक राज्यलाई अधिकार सम्पन्न बनाए मात्रै संघीयता बलियो हुने उहाँले बताउनुभयो ।


‘संघीयता भनेर हामीलाई केन्द्रले नियन्त्रण गर्ने प्रदेशहरु अथवा केन्द्रीय सरकार अन्तर्गत चल्ने प्रदेश सरकारहरुको आवश्यकता होइन, हाम्रो आवश्यकता भनेको स्थानीय जनता, भाषा, कला, संस्कृति, सम्पदाको उत्थानको लागि क्रियाशील रहने अधिकार सम्पन्न राज्य हो’ श्रेष्ठले बताउनुभयो ।


संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकिकरणपछिको अवस्था सम्बन्धमा समाजवादी पार्टी नेपाल, काठमाडौं शाखाले काठमाडौंमा पत्रकार भेटघाट र सह अध्यक्ष श्रेष्ठसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex