काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) ले संयन्त्र बनाउने बताएका छन ।
महामन्त्री थापाले आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर ३० को वडा सम्मेलनमा सो कुरा बताएका हुन ।
उनले सरकारमा सहभागी दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरू गर्ने जानकारी दिए ।
गत असार १७ मा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्ने विषय पनि उल्लेख थियो ।
‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । केही दिनभित्रमा नेपाली कांग्रेस र एमालेले एउटा संयन्त्र बनाउँछ,’ उनले भने, ‘अहिले आफ्नो बीचमा न्यूनतम संविधानमा चलाउनुपर्ने, चलाउन सक्ने विषयमा समझदारी कायम गर्छौं, त्यसपछि अरू राजनीतिक दलहरुसँग संवाद गर्छौं।’
Categorized in राष्ट्रिय