काठमाडौं । संविधान दिवसका दिन कालो दिवस मनाएको समाचार फेसबुकमा सेयर गरेपछि धनुषामा एक महिलाको जागिर नै चट भएको छ ।
जिल्ला अदालत धनुषाकी डिट्ठा गुञ्जा रायको जागिर गएको छ ।
करारमा कार्यरत रायलाई संविधानविरोधी समाचारको लिंक सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका कारण अदालतले जागिरबाट हटाएको होे । उनलाई मौखिक स्पष्टीकरण सोधेपछि जागिरबाट निकालिएको आईतबार पत्रकार सम्मेलन गरेर अवकास दिएको वताईन ।
यता, जिल्ला अदालत धनुषाका स्रेस्तेदार राधाकृष्ण झाका अनुसार गुञ्जा राय करारको कर्मचारी भएको र काम सन्तोषजनक नभएकाले म्याद थप नगरिएको बताए ।
महोत्तरीे पिपरा गाउँपालिका–४ स्थायी घर भएकी उनले आफ्नो अभिव्यक्ति दिने स्वतन्त्रता र मौलिक अधिकार तथा नागरिक स्वन्त्रता हनन भएको दाबी गरिन ।
Categorized in समाज