४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

संविधान दिवशमा आज युवा क्रिकेटर सन्दिप सहित ४२१ विभूषित हुँदै


प्रकाशित: बुधवार, ३ असोज २०७५, ०९ः५१ बजे
- महानगरखबर

काठमाडौं । संविधान दिवशका अवसरमा आज युवा क्रिकेटर सन्दिप लामिछाने सहित ४२१ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले विभूषित गर्ने भएको छ ।


गृहमन्त्रालयका अनुसार सबै भन्दा ठुलो मानपदवी ‘नेपाल रत्न’ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाललाइ मरणोपरान्त प्रदान गरिएको छ । 


त्यसैगरी गजेन्द्र नाराणसिंह र अम्बर गुरुङलाई महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) प्रदान गरिएको हो । साथै यही मानवपदवीबाट संस्कृतिकविद् सत्यमोहन जोशी र राष्ट्रकवी माधव घिमिरेलाई पनि प्रदान गरिएको छ ।


त्यसैगरी सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रदान गरिएको छ । 


प्रवल जनसेवाश्री (चतु्र्थ श्रेणी) बाट युवा क्रिकेटर सन्दिप लामिछाने विभूषित हुने भएको छ । यस मानवीपद १६२ जनाले पाउने भएको गृहमन्त्रालयले जनाएको छ । 


राष्ट्रपति सितल निवासमा सबैलाई विभूषित गर्ने कार्यक्रम रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex