१३ भाद्र २०८३, शनिबार
Header

संविधान दिवशको विरोधमा काठमाडौंमा प्रदर्शन, ३ जना पक्राउ


प्रकाशित: शुक्रवार, ३ असोज २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारले संविधान दिवश भव्य रुपमा मनाउँदै गर्दा काठमाडौंमा संविधान दिवशको विरोध भएको छ ।


‘असोज तीन कालो दिन’ को नारा घन्काउँदै आदिवासी जनजाति, मधेसी, दलित, थारु समुदायका विभिन्न संघसंस्थाले काठमाडौंमा प्रदर्शन गरेका हुन । 


उनीहरुले पहिचान सहितको संघीयता जारी, हाम्रो आन्दोलन जारी छ, कालो संविधान खारेज गर लगायतका नारावाजी गर्दै बसन्तपुरदेखि इन्द्रचोक, असन हुँदै बसन्तपुरमा कोणसभा गरेका थिए । 


कालो टिसर्ट लगाएका प्रदर्शनकारीहरुले कालो ब्यानर बोकेका थिए । उनीहरुले संविधानले आफूहरुको हक अधिकारको संरक्षण नगरेको भन्दै आक्रोश पोखेका थिए । 


प्रदर्शनकारीले संविधान अपुरो, जनविरोधी र प्रतिगामी रहेको भन्दै संशोधनको माग समेत गरेका छन ।


प्रदर्शनको क्रममा प्रहरीले बसन्तपुरमा धरपक्कड गरी तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा संघीय लोकतान्त्रिक मञ्चका महासचिव यलम्बर खम्बु, कुलदेव अस्‍लामी र सीताराम थारु रहेका छन । 

 

 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex