काठमाडौ । संरक्षित रेडपाण्डाको १ थान छालासहित ३ जनालाई प्रहरीले मंगलबार टोखास्थित नवदुर्गा गेष्ट हाउसबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनमैजु नगरपालिका–३ भत्केको पुल बस्ने नुवाकोट टाडी गाउँपालिका–२ घर भएका २२ वर्षीय शेरामान तामाङ, नुवाकोट टाडी गाउँपालिका–४ घर भई हाल काठमाडौं मनमैजु बस्ने २० वर्षीय राजकुमार तामाङ, २४ वर्षीय प्रेम सिंह तामाङ रहेका छन् ।
प्रहरीले उनीहरुलाई टोखा नगरपालिका–९ लक्ष्मीनगरस्थित मोरङ विराटनगर महानगरपालिका–१३ घर भएका शिव कुमार थापाको नवदुर्गा गेष्ट हाउसको ३०९ नम्बरको कोठाबाट उनीहरुलाई महानगरीय प्रहरी प्रभाग गोगंवुबाट खटिएको टोलीले पक्राउ गरेका हुन ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज