१६ चैत्र २०८०, शुक्रबार
Header

संजय महर्जनको ‘जर्नी टु भक्तपुर’ डकुमेन्ट्रीले जापानमा पायो चर्चा


प्रकाशित: आईतवार, ५ चैत्र २०७९, ११ः०१ बजेसम्म 
- महानगरखवर

काठमाडौं । भक्तपुरको सम्पदामा आधारित डकुमेन्ट्री ‘जर्नी टु भक्तपुर– द होमटाउन अफ नेप्लिज सेरामिक्स’ले जापानमा चर्चा पाएको छ ।


फोटो पत्रकार संजय महर्जनले निर्माण गरेको सो डकुमेन्ट्री जापानमा ३ महिनासम्म प्रदर्शनीमा आएको हो । 


महर्जनका अनुसार जापानको ताकाहामा शहरको कावारा म्युजियम अफ आर्टमा २०२२ डिसेम्बर १७ देखि देखि १९ मार्च ( ५ चैत्र २०७९) सम्म प्रदर्शनमा राखिएको छ । 

 


तीन महिनासम्म राखिएको यस डकुमेन्ट्रीले भक्तपुरका कलात्मक सम्पदा, कला, संस्कृति, जिवनशैली समेटेर तयार पारिएको महर्जनले बताए । 


‘जर्र्नी टु भक्तपुर – द होमटाउन अफ नेप्लिज सेरामिक्स डकुमेन्ट्र गो टु ट्राभल (जर्नी अफ द आर्टिष्ट) शिर्षकको प्रदर्शनीमा फोटोग्राफर महर्जनले संकलन गरेको हो ।


यसमा नेपालका विभिन्न कलात्मक इट्टा, टाइल तथा उहाँले खिचेका फोटो र डकुमेन्ट्री हेर्न सकिनेछ । 


डकुमेन्ट्रीमा भक्तपुरमा देखिने पुराना शैलीका कलात्मक घर, घरको छानामा प्रयोग गरिएको टाइल, कलात्मक बुट्टे इट्टाहरु तथा भक्तपुरका प्रजापती समुदायले बनाउने माटोका भाडाँकुडा र अन्य सामाग्री सम्बन्धि बिशेष खोज गरि वृत्तचित्रमा देखिन पाईन्छ ।  

 


छायांकन, सम्पादन र निर्देशन आफै गरेका महर्जनले यस वृत्तचित्र अझै उपयोगी रहोस भनी वरिष्ठ आर्किटेक्ट बिजय बासुकला, इट्टा टाइल शिल्पकार तथा व्यवसायी कर्ण अवाल संग थप तथ्य सहित परम्परागत तरिकाले बनाइने विधि र यसलाइ भविस्यमा पनि जिवन्त बनाउन के गर्नु पर्छ भन्ने विशेषज्ञहरु को धारणा देखाइएको छ । 


सुन्दरी मिका नामले परिचित नेपाल–जापानबीचको साँस्कृतिक सम्बन्धलाई बिम्बकारुपमा उजागर गर्दै आइरहेकी जापनी गायिका ताकागी मिकाको निर्माणमा बनेको यस डकुमेन्ट्री प्रदर्शनी अवलोकनमा आएका दर्शकहरुले धेरै नै मनपराएको र जापानी विध्यार्थीहरुलाई समेत उपयोगी रहेकोले मार्च १९ को विशेष कार्यक्रम पछी कावारा म्युजियममा प्रदर्शनी समापन भए पनि टोकियो, ओसाका, ओकिनावा लगाएत सहरहरुमा पनि प्रदर्शनीमा राखिने बताईन । 
साथै २०२३ मा हुने यामागाता अन्तरास्ट्रिय डकुमेन्ट्री फिल्म फेस्टिभलको लागि समेत तयारीमा रहेको उनले बताईन । 


ज्ञानमाला सांस्कृतिक संगित प्रतिष्ठानका प्रशिक्षक तथा वाध्यबादक समेत रहेका महर्जनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रदर्शनी भएकोले एकदमै उत्साहित रहेको सुनाए ।

 
जापान यात्राको क्रममा महर्जनले फुकुयामा म्युजियम, क्योटो नेपाली रेस्टुरेन्ट र शिगा गेस्ट हाउसमा हुने कन्सर्टमा गायिका सुन्दरी मिका र सुन्दरी ब्यान्ड संग केहि नेवारी, नेपाली तथा जापानी गित संगित प्रस्तुतिको पनि कार्यक्रम रहनेछ । साथै कावारा म्युजियममा हुने यस बर्षको ओरिअन कन्सर्टमा समेत सहभागी हुनेछ । 


डकुमेन्ट्री, फोटो प्रदर्शनी तथा कन्सर्ट कार्यक्रमलाई जापानको परराष्ट्र मन्त्रालयले २०२२ जापान दक्षिणपश्चिम एशिया आदन प्रदान वार्षिकोत्सवको रूपमा पनि मान्यता दिइएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD