३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

संचारकर्मी रवि लामिछाने पक्राउ


प्रकाशित: विहिवार, ३० साउन २०७६, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । 


उनलाई न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पुष्टि गरेको छ । 


प्रहरीले उनलाई चितवनबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ । लामिछानेसँगै सोही टेलिभिजनमा कार्यरत पत्रकार युवराज कँडेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।


प्रहरीले लामिछानेलाई उनका पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन तथा अनुसन्धान गर्न पक्राउ गरिएको बताएको छ । 


माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको सार्वजनिक भएको भिडियोमा पुडासैनीले भिडियोमा आफूलाई आत्महत्याका लागि लामिछानेसहित तीन जनाले दुरुत्साहन गरेको आरोप लगाएका छन ।


पुडासैनी आत्महत्या प्रकरण भाईरल भएपछि प्रहरीले आरोमा मुछिएकाहरुलाई नियन्त्रणमा लिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex