२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

संघीय समाजवादी बनेपा नगरपालिका वडा अधिवेशस सम्पन्न


प्रकाशित: शनिवार, १६ चैत्र २०७५, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । संघीय समाजवादी बनेपा नगरपालिका वडा नम्बर ४, १३ र १४ को संयुक्त वडा अधिवेशन सम्पन्न भएको छ । 


सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट वडा नम्बर ४ मा दिब्यश्वरी श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय, वडा नम्बर १३ मा ज्ञानकाजी डंगोलको अध्यक्षतामा १३ सरस्यीय र वडा नम्बर १४ मा कमल तामाङको अध्यक्षतामा १३ सदस्यीय वडा समिति निर्वाचित भएको छ । 


नव निर्वाचित समितिलाई पार्टी केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेश उपाध्यक्ष विद्युत वज्राचार्यले शपथ ग्रहण गएका थिए । 


सो अधिवेशनमा प्रमुख अथिति सह–अध्यक्ष श्रेष्ठले नेपाली समाजलाई सबैलाई साथ लिएर चल्ने सङ्घीय समाज बनाएर मात्र देशमा सबैको प्रतिभा उपयोग हुने भन्दै उनले भने, ‘जबसम्म राज्यमा समानुपातिक समावेशी हुँदैन तबसम्म देश गरिबीबाट मुक्त हुँदैन र देश समृद्ध भए पनि समतामुलक समाज बन्दैन ।’ 


त्यसरी नै पार्टी केन्द्रीय सदस्य तथा ताम्सालिङ समितिका अध्यक्ष कृष्णकुमार घलान आफ्नो मन्तव्य दिएका थिए भने कार्यक्रमरहर सिं तामाङले सञ्चालन गरेका थिए । 


जिल्ला अध्यक्ष सिद्धि बहादुर जोशीको अध्यक्षतामा भएको सो कार्यक्रममा विजया मानन्धरले स्वागत गरेको थिए भने जिल्ला उपाध्यक्ष वीरवहादुर तामाङ, उपसचिव रकम लामा, ताम्सालिङ समिति सदस्य शनी लामा, वुद्धिजीवी जगत श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika