काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संघीय प्रहरीसँग प्रदेश प्रहरीको सहकार्य आवश्क रहेको बताएको छ ।
प्रहरी महानिरीक्षक खनालले बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा चर्चा गर्दै सो कुरा बताएका हुन ।
खनालले ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा चर्चा गर्दै संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिन सक्ने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन ।
उनले मुलुकको भूसंवेदनशीलतालाई ध्यानमा राखेर पनि कतिपय विषयमा प्रदेश प्रहरीले संघीय प्रहरीसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेकोमा जोड दिँदै प्रदेशको आन्तरिक सुरक्षाको जिम्मा प्रदेशकै भएपनि मुख्य भन्सार नाकाहरु वीरगंज, भैरहवा, विराटनगरमा आउने सक्ने राष्ट्रिय सुरक्षाको चुनौतीलाई सामना गर्न संघीय सरकारको सहकार्य र निर्देशन आवश्यक हुने बताए ।
Categorized in राष्ट्रिय