१३ बैशाख २०८१, बिहिबार
Header

संघीयमन्त्री नेम्वाङ्गद्धारा कीर्तिपुर नगरपालिकाको निरीक्षण


प्रकाशित: शनिवार, ३ साउन २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्त कुमार नेम्वाङ्गले कीर्तिपुर नगरपालिकाको निरीक्षण भ्रमण गरेका छन । 


शुक्रवार मन्त्री नेम्वाङ्गलाई नगरपालिकाको नयाँ भवन अमल्सिमा नगर प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का, पूर्व राज्यमन्त्री दिलिप महर्जनलगायतले स्वागत गरेका थिए । 


स्वागत कार्यक्रममा नगर प्रमुख महर्जनले सिंह दरवार (संघीय सरकार) र हेटौंडा (प्रदेश सरकार)ले कीर्तिपुरलाई हेर्ने दृष्टिकोण टाढा रहेकोले माननीय मन्त्रीले यसलाई नजिक बनाई कीर्तिपुरको विकासमा सहयोग गर्न अपेक्षा गरे । 


साथै कीर्तिपुरमा बनाउन लागेको स्मार्ट स्ट्रीट लाइट (नगर उज्यालो कार्यक्रम) को अवधारणा पत्र पनि हस्तान्तरण गरे । 


लकडाउनको समयलाई सदुपयोग गरी काठमाडौंका अधिंकाश सडकहरूलाई बनाई रंग रोगन समेत बनाएर प्रशंसा पाएका  मन्त्रीले हालको समयमा पनि प्राय विदाको दिन पारी शुक्रवार र शनिवार स्थानीय स्तरमा भैरहेको भौतिक निर्माणको निरीक्षण गर्ने योजना बनाएको र यसको शुरुवाट कीर्तिपुरबाट गरेको बताए । 


मन्त्री नेम्वाङ्गले कार्यक्रममा कीर्तिपुरलाई सरकारले सहयोग गर्ने बताउँनु हुँदै स्मार्ट स्ट्रीट लाइट (नगर उज्यालो कार्यक्रम) बनाउनको लागि अत्यावश्यक डिपिआर तयार गरीसकेकोले यो नगरपालिका अरु भन्दा एक कदम अघि बढेको भन्दै प्रशंसा समेत गरे । 


त्यसैगरी मन्त्री नेम्वाङ्गले कीर्तिपुर नगरपालिका भवन, अमल्सिबाट नगाउँ हुँदै चम्पादेवीमा रहेको नेपाल कम्यूनिष्ट पार्टीको संस्थापक महासचिव क।पुष्पलालको प्रतिमा रहेको पुष्पलाल पार्क पुगी फूलगुच्छा चढाएका थिए  । 


सो क्रममा वडा नं.९ नगाउँमा बनाइरहेको रिटेलिङ्ग वाल तथा ढल निकासको योजना, कीर्तिपुर –चन्द्रागिरि जोड्ने मितेरी पुलकाको स्थलगत निरीक्षण गरेका थिए । 


मन्त्री नेम्वाङ्गलाई कीर्तिपुरको सबभन्दा उचाइमा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल क्वाःच्व (उमा महेश्वर मन्दिर०) को भ्रमण गराइएको थियो । 


भ्रमण कार्यक्रम तात्कालिन कीर्तिपुर राज्यको लाय्कू (दरवार स्क्वाय्र) अवलोकन पश्चात वडा नं. १ कार्यालयमा समापन गरेको थियो । 


समापन कार्यत्रममा नगर उप–प्रमुख खड्काले धन्यवाद दिएका थिए भने नगर प्रमुख महर्जनले माननीय मन्त्री नेम्वाङ्गलाई मायाको चिनो (कीर्तिपुरको आस्थाको केन्द्र, बाघ भैरव मन्दिरको फोटो) प्रदान गरेका थिए । 


कीर्तिपुर निरीक्षण भ्रमणमा माननीय मन्त्रीका साथमा संघीय सांसद् कृष्ण गोपाल श्रेष्ठ, विना श्रेष्ठलगायतको सहभागिता रहेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD