काठमाडौं । नेपालका छैठौं संघनायक, नेपालमा श्रामणेररभिक्षु तालिम केन्दका प्रणेता, अखिल नेपाल भिक्षु महासंघका संरक्षक भिक्षु अश्वघोष महास्थविरको आईतबार गुणानुस्मरण एवं श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
सांसद सुभास नेम्वाङ्गको प्रमुख आतिथ्यामा आयोजित सो श्रद्धान्जली सभा कार्यक्रम सातौँ श्रद्धेय संघ नायक ज्ञानपुर्निक महास्थविर भन्ते, उप संघ नायक बोधिसेन महास्थविर भन्ते, भिक्षुगण, अनागारिका गुरुमां श्रद्धेय धम्मवती, असंख्य गुरुमां तथा उपासक उपासिकाहरुको उपस्थिति थियो ।
काठमाडौं महानगरपालिका सह आयोजक रहेको सो कार्यक्रममा भिक्षु अश्वघोषको योगदानबारे वक्ताहरुले चर्चा गरेका थिए भने उपस्थित सबैले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
अखिल नेपाल भिक्षु महासंघको आयोजनामा राष्ट्रिय सभा गृहको सभा हलमा बुद्धशासनिक योगदान स्मरण गरी उनलाई सुगतिसहित निर्वाण कामनार्थ गरिएको थियो ।
९३ वर्षको उमेरमा गत साल चैत्र २२ गते शुक्रवार भिक्षु अश्वघोष महास्थविरको उपचारको क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

Categorized in समाज