१३ बैशाख २०८१, बिहिबार
Header

संक्रमण भएकाहरु पनि बजार घुमेको गुनासो आयोः प्रमुख शाक्य


प्रकाशित: सोमवार, २७ बैशाख २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख बिद्यासुन्दर शाक्यले आईतबार एक अपिल जारी गरी कोरोना संक्रमणहरु भएकाहरुलाई आईसोलेसनमा वसिदिन आग्रह गरेको छ । 


अपिलमा भनिएको छ,‘विहानी समय बजार खुल्ला हुँदा कोविड संक्रमणको लक्षण देखा परेका र लक्षण देखा नपरेका तर संक्रमण पोजेटिभ भएका व्यक्तिहरु आईसोलेसनमा नबसी बजारमा जाने, लक्षण लुकाएर हिँड्ने गरेको गुनासो बढ्न थालेको छ । यसले संक्रमण बढ्ने भएकाले त्यस्तो कार्य नगर्न हुन आम दाजुभाई तथा दिदी बहिनीहरुमा आग्रह गर्दछु ।’


त्यसैगरी कोभिडको शंका लागे निःशुल्क परिक्षणको हटलाईन ११८० फोन गर्न अपिल समेत गरेको छ । कोविडको उपचार गराउन अस्पताल जानु परे १०२ मा अन्य रोगको उपचारका लागि अस्पताल जानु परे हटलाइन ११८० मा सम्पर्क गर्न भनेको छ । 


स्वास्थ्य समस्या परे आफ्नो वडाका अध्यक्ष वा जनप्रतिनिधिलाई सम्पर्क गर्न र सरकारले तोकेका स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अपिलमा अनुरोध गरिएको छ ।


काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणको लागि संस्थागत अस्पताल, आर्मी अस्पताल, टिचिंग, गंगालाल लगायतका अस्पतालको क्षमता बढाउने कार्यमा सहयोग गरिरहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD