३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

संकटा रोडमा राखिएको ‘भाईरल रंगीचंगी छाता’ हटाईने


प्रकाशित: शुक्रवार, १७ पुष २०७७, १५ः३० बजे 
- महानगरखवर

काठमाडौं । संकटा रोडमा राखिएको ‘भाईरल रंगीचंगी छाता’ हटाईने भएको छ ।


पछिल्लो समय फोटो खिचाउने र टिकटक बनाउनेको भीड बढ्न थालेपछि आवत–जावतमै समस्या परेकोले छाता हटाउन लागिएको संकटा क्लबका सचिव आशिस मान सिंहले जानकारी दिएका छन ।


सचिव सिंहले स्थानीयवासी, वडा र क्लवहरु मिलेर विस्तारै छाता हटाउने तयारी भईरहेको बताए । उनले भने,‘ छाता हटाउन समय लाग्ने भएकोले आजभोलीबाट छाता हटाउँछौ ।’


सो क्षेत्रका केही व्यवासायीहरुले कोरोनाका कारण ठप्प व्यवसायलाई चलाउन संकटा जाने रोडमा रंगीचंगी छाता लगाउने योजना ल्याएपछि छाता राखिएको थियो । 


तर सर्वसाधारणले छाताको रंगीचंगीे फोटो समाजिक सञ्जालमा पोष्ट गरेपछि सो क्षेत्र भाईरल भयो र मानिसहरुको आईरो लागेको हो । अहिले उक्त सडक युवायुवतीहरुको भीड र टिकटक बनाउनेहरुका कारण सडक अस्तव्यस्त हुन पुगेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex