काठमाडौं । कोरोना भाईरसको जोखिम न्यूनिकरणको लागि काठमाडौं न्यूरोडस्थित संकटा मन्दिरमा भक्तजनहरुलाई प्रवेशमा रोक लगाएको छ ।
काठमाडौंमा महानगरपालिका वडा २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले एक सुचना निकाली सो आग्रह गरिएको हो ।
जारी सुचना अनुसार चैत्र ७ गते शुक्रवारदेखि संकटा मन्दिर, तेवहाल भद्रकाली मन्दिर, बटुभद्रकाली मन्दिरहरुमा नियमित नित्य पूजा बहेक भक्तजनहरुलाई प्रवेश निषेध गरिएको छ ।
वडाले संकटा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिलाई पत्रचार गर्दै सुचना जारी गरेको हो । सकारले बुधवार २५ जना भन्दा बढि मानिस एकै स्थानमा भेला नहुन आग्रह गरेको छ ।

Categorized in समाज