१५ बैशाख २०८१, शनिबार
Header

संकटा परिसरमा ‘क्वाःपा द्यो छेँ’को शिलान्यास


प्रकाशित: मंगलवार, २० असोज २०७७, १८ः३६ बजे
- महानगरखबर

काठमाडौं । महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले संकटा मन्दिर परिसरमा रहेको ‘क्वाःपा द्यो छेँ’ को शिलान्यास गरेका छन । 


‘संकटा संरक्षण समिति’ ले ९९ लाख ३८ हजार ६२२ रुपैयाँ लागतमा निर्माण गर्ने द्यो छेँ २०७२ सालको भूकम्पले जीर्ण बनाएको थियो ।


शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा प्रमुख शाक्यले भने, ‘हाम्रा सम्पदा बनाउने पैसा हामीसँगै छ । कसैसँग हार गुहार गर्नु पर्दैन । यो संरचनाको पुननिर्माण संकटा संरक्षण समितिले गर्नु झनै सकारात्मक कुरा हो । यसले महानगर, स्थानीय र सम्पदाबीचको त्रिपक्षीय सम्बन्ध दिगो बनाउँछ ।’


काठमाडौंको पहिचान भनेकै स्थानीय मूर्त अमूर्त सांस्कृतिक सम्पदा भएको प्रमुख शाक्यको भनाई छ । द्यो छेँ १७ औं शताब्दीमा ठूलो आँगनसहित बहाल शैलीमा निर्माण भएको संरचना मानिन्छ । इ. सं. १९३४ मा यसको पुननिर्माण भएको अभिलेखमा देखिन्छ । 


बुद्ध धर्माबलम्बीले सञ्चालन गर्ने धार्मिक गतिबिधिसँग यो भवन सम्बन्धित छ । भवनभित्र र बाहिर बुद्धका बिभिन्न रुपका मूर्ति राखिएका छन । ३ तले यो भवन नेपाली शैलीको घर हो । यसलाई मौलिक निर्माण सामाग्रीको प्रयोग गरेर बनाइनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD