१५ बैशाख २०८१, शनिबार
Header

संकटमा रहेको असन घडीघर बचाउन हस्ताक्षर अभियान 


प्रकाशित: शुक्रवार, १७ जेठ २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । असन कोथुननि बचाउ अभियान समितिले शनिवारदेखि कोथुननि (असन घडीघर) भत्काई व्यापारिक कम्लेक्स बनाउने गुठी संस्थानको निर्णय विरुद्ध हस्ताक्षर अभियान सुरु गर्ने भएको छ । 


समितिका संयोजक नमेस्ते सायमीले दिएको जानकारी अनुसार असन चोकमा विहान ८ बजेदेखि हस्तक्षार अभियान सुरु गरिने छ र यो असनमा ५ दिनसम्म चल्ने छ । 


उपत्यकाका तिनै जिल्ला काठमाडौ, भक्तपुर  र ललितपुरको सम्पदा क्षेत्रमा हस्ताक्षर अभियान चलाउने संयोजक सायमीले जानकारी दिएको छ । 


हस्ताक्षर अभियानमा सम्पदा प्रेमी, स्थानीयवासी, सरोकारवाहरुसँगै सर्वसाधरण सबैले सहयोग गर्ने सायमीले विश्वास व्यक्त गर्दै १० हजार भन्दा बढि हस्ताक्षर संकलन गरिने बताए । 


राज्यले स्थानीय सम्पदा, गुठी घर, सम्पदा क्षेत्रमा विकासको नाममा हस्तक्षेप गरिरहेको सम्पदा अभियन्ताहरुको आरोप रहेको छ । 


असन घडी घर (कोथुननि) पनि ऐतिहासिक महत्व बोकेको सम्पदा भएको सायमीको भनाई छ । उनले भने, ‘ कोथुननिमा पुस्तै पुस्तादेखि बस्दै आएको १४ परिवारले कोथुननिको महत्वलाई जोगाई राखेको छ तर आज अचानक गुठी संस्थान त्यहाँ व्यापरिक कम्पलेक्स बनाउन लालायित देखिएको छ ।’


यस अघि समतिले असन चोकमा सभासद, जनपप्रतिनिधि, सरोकारवालाहरुको बृहत उपस्थितीमा सभा गरेको थियो । 


सायमीले दिएको जानकारी अनुसार असन कोथुननि सँगै ठमेलको कमलपोखरी मासेर बनाएको छायाँ देवि कम्पलेक्सविरुद्ध पनि यो हस्क्षार अभियान भएको बताए । 


ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको कमल पोखरी मासेर व्यापापरिक कम्लेक्स छायाँ सेन्टर निर्माण भएदेखि यो विवादीत बनेको छ । 


सम्पदा अभियान्ताहरुले यसविरुद्ध यस अघि विभिन्न चरणको आन्दोलन गरिसकेको छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD