२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

सँस्कृतिविद् जुजुलाई सम्झिँदै श्रद्धान्जली सभा


प्रकाशित: २०७५ भाद्र २
- करुण

नेपाली साथै नेवार सँस्कृतिको क्षेत्रमा सँस्कृतिविद् वलदेव जुजुको योगदानलाई सबैले सम्झेका छन् । राजोपाध्याय समाजले आयोजना गरेको वलदेव जुजु श्रद्धान्जली सभाका वक्ताहरुले स्व. जुजुको सँस्कृति क्षेत्रमा उनको योगदानको बारेमा चर्चा गरे । 

कार्यक्रममा नेपालभाषा मंकाः खलःका सचिव नरेशबीर शाक्यले समाजमा प्रचलित सँस्कृतिलाई दैनिक जीवनसँग जोडेर व्याख्या गर्दै जुजुले सँस्कृतिलाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याइदिएको बताए । सनातनी नेवारहरुको गुरु पुरोहित राजोपाध्यायमा अध्ययन अनुसन्धान र लेखन क्षेत्रमा निकै थोरैले मात्र कलम चलाउने गरेको भन्दै तिनै थोरै लेखकमध्ये स्व. जुजुको लेखन विशिष्ट शैलीको रहेको शाक्यको भनाई थियो ।

प्राध्यापन क्षेत्रमा स्व. जुजुका सहकर्मी नेपालभाषा शिक्षक राजा शाक्यले सँस्कृति क्षेत्रका विविध पक्षको व्याख्या, विश्लेषणमा जुजु एक प्रगतिशील विचारक रहेको बताए । नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले नेवार साथै समग्र नेपालकै सँस्कृतिको सुक्ष्म अध्ययन गर्ने हो भने र सँस्कृतिलाई सुक्ष्म तहसम्मै पुगेर बुझ्ने हो भने जुजुको कृति एवम् लेखहरुको अध्ययन गर्नैपर्नेमा जोड दिनुभयो । 

राजोपाध्याय समाजका अध्यक्ष अमरराज शर्मा राजोपाध्यायले स्व. जुजुले धेरैलाई शिक्षा दिँदै जीवनको सहि अर्थ बुझाउन सफल भएको बताउनुभयो । उनकै शिक्षा र मार्गनिर्देशनले आज धेरैले अध्ययन, अनुसन्धान क्षेत्रमा सफल भएको अध्यक्ष राजोपाध्यायको भनाई थियो । 

कार्यक्रममा स्व. जुजुको परिचय दिने क्रममा राजोपाध्याय समाजका उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले उहाँ सँस्कृतिविद् मात्र नभई संगीतविद् समेत भएको बताए । विभिन्न राग, तालका ज्ञाता समेत रहेका जुजु संगीत क्षेत्रमा पनि विभिन्न सम्मानबाट सम्मानित भइसक्नुभएको जानकारी उपाध्यक्ष राजोपाध्यायले दिनुभयो ।

कार्यक्रमको शुरुवातमा नेपालभाषा मंकाः खलःका सचिव नरेशबीर शाक्यले दियो बाल्दै स्व. जुजुप्रति श्रद्धान्जली व्यक्त गरेका थिए । साथै राजोपाध्याय समाजका अध्यक्ष अमरराज शर्मा राजोपाध्याय र जुजुका सुपुत्र अनिल जुजुले उनको तस्वीरमा माल्यार्पण गरेका थिए । 

सँस्कृतिविद् जुजुको गत श्रावण ९ गते बुधबार राती १२ः३० बजे निधन भएको थियो । उहाँ अल्जाइमर डिजिजबाट पिडित हुनुहुन्थ्यो । स्व. जुजुका सँस्कृति सम्बन्धि नेपाःया तान्त्रिक द्यः व तान्त्रिक पूजा, कान्तिपुर, येँ देयया वंघःत्वाः व आजुद्यः, नेवाः संस्कार व उकिया विधि, मृत्यु संस्कार नेवाः संस्कृति कथं लगायतका विश्लेषणात्मक पुस्तकहरु प्रकाशित छन् । स्व. जुजु राजोपाध्याय समाजका सल्लाहकारका साथै वैदीक प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत थिए । विभिन्न कलेज, क्याम्पसमा नेपाली विषयको अध्यापन गराउनुभएका स्व. जुजु सरस्वती क्याम्पसमा क्याम्पस प्रमुख समेत भएका थिए ।

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika