२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

श्वेतकाली भैरव मेलाका लागि महानगरको २८ लाख सहयोग


प्रकाशित: आईतवार, २२ फागुन २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँको इतिहास बचाएर जीवन्त सांस्कृतिक सहर बनाउने अभियानमा रहेको बताएका छन । 


कामपा वडा १८ मा आयोजना गरिएको न्यतभुलु अजिमा (श्वेतकाली) मेलाका लागि आर्थिक सहयोग उपलब्ध गराउने तथा लक्ष्मीनारायण महर्जनको शालिक अनावरण गर्ने कार्यक्रममा प्रमुख शाक्यले सो बताएका हुन । 


महानगरले आगामी चैत १४ गतेदेखि सुरु हुन लागेको १२ बर्षे श्वेतकाली मेलाका लागि २८ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । 


प्रमुख शाक्यले नरदेवी श्री श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजलाई पेश्कीस्वरुप १६ लाख ८० हजार रुपैयाँको चेक प्रदान गरे । त्यसै अवसरमा शाक्यले गुठीका मुल धामी एवम परम्परागत न्यतः टोलका पूर्व नाइके स्व.लक्ष्मीनारायण महर्जनको शालिक अनावरण पनि गरे ।


सो अवसरमा प्रमुख शाक्यले भने,‘सम्पदा संरक्षणका लागि अहिले जति काम भएका छन । हाम्रो क्षमताले त्योभन्दा धेरै गर्न सक्थ्यो ।’ 


तर निकायगत समन्वयमा समस्या भएको कारण पुरातत्व विभाग र गुठी संस्थानबाट आवश्यकताअनुसार सहयोग नपाएपछि स्रोत भएर पनि जीर्ण सम्पदाको संरक्षणमा काम गर्न नसकिएको प्रमुख शाक्यको भनाई छ । 


उप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, स्थानीय सरकारको प्रमुख जिम्मेवारी स्थानीय भाषा, कला, साहित्य र सिर्जनाको संरक्षण गर्ने भएकोले त्यसैअनुसार काम भइरहेको बताईन । 


गुठी परम्परालाई महानगरले गर्ने सहयोगका विषयमा कुरा गर्दै वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले यस्ता गुठी वडामा मात्र दर्ता भए पुग्ने बताए । 


वडा अध्यक्ष महर्जनले १८ वडामा बसोबास भएका आर्थिक, सामाजिक, राजनीतिक तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरुको शालिक बनाउने काम भइरहेको समते जानकारी दिए । 

करिव २ लाख लागतमा लक्ष्मीनारायण महर्जनको शालिक बनाइएको हो । लक्ष्मीनारायणसँगै नारायण गोपाल, चित्तधर हृदय, शंखधर शाख्वालगायत व्यक्तित्वहरुको शालिक निर्माण भइरहेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex