काठमाडौं । श्री एयरलाइन्सले राजविराज बिमानस्थलबाट साताको ५ दिन नियमित उडान गर्ने भएको छ ।
असार १० गतेदेखि राजविराज विमानस्थलमा नियमित उडान गर्ने एयरलाईन्सका प्रवक्ता अनिल मानन्धरले जनाएको छ । मंगलबार र शनिबार यात्रु कम हुने भएकोले ५ दिनमात्र विमानले सेवा दिने प्रवक्ता मानन्धरले जनाएकोछ ।
फ्लाइटको भाडादर चार हजार रुपैयाँ मात्र तोकिएको छ ।
प्रवक्ता मानन्धरका अनुसार दिउँसो सवा १ बजे राजविराज उडान हुनेछ ।
पचास सिट क्षमता रहेको जेट इन्जिनयुक्त सिआर २०० जहाजले काठमाडौंदेखि राजविराज उडान भर्ने छ । राजविराज विमानस्थलबाट पशुपति दर्शन तथा काठमाडौं जाने स्वदेशी तथा भारतीय तिर्थयात्रुलाई समेत सहज हुनेछ ।
Categorized in प्रबिधि